काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चैत २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा हुनेछ । कम्पनीले सभामा ५० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश लैजाने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।
साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
यो पटक लाभांश सम्बन्धि कुनै प्रस्ताव रहेको छैन । सभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गर्ने भएको छ । चैत १४ गतेसम्म सेयरधनी रहेका
सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS