काठमाडाैँ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढेर २ हजार ६९२.०५ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन नेप्से परिसूचक २७.४१ अंकले बढेर बन्द भएको थियो । अघिल्लो साता लगातार घटेर करेक्सन भएको बजारले यो सात पहिलो दिन घटेपनि दोस्रो र आज बजारले लय समातेको हो।
दुई सातादेखि उत्तारचढाब आइरहेको शेयर बजारमा एकाएक बजार बढ्नुको पछिल्लो कारण भने प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारमाध्यममा ‘अहिलेको सरकार ढाल्ने आफ्नो कुनै योजना छैन ।’ भन्ने अभिब्यक्ति दिएका थिए ।
यसलाई लिएर लगानीकर्ताहरु ढुक्क भएर लगानी गरेको लगानीकर्ताहरुको विश्लेषण छ । पछिल्लो समय राजनीतिक गतिविधि सरकार केन्द्रीत भइरहेको र सरकार ढल्न सक्ने डरले शेयर बजारमा लगानीकर्ताहरु ‘ ‘पर्ख र हेर’ को अबस्थामा देखिएका थिए । तर, मंगलबार स्वयम् प्रमुख प्रतिपक्षी दलको नेताले नै सरकार ढाल्न आफू नलाग्ने र बरु सरकारले राम्रो काम गरे हुन्थ्यो भन्ने चाहाना भएको बताए पछि बजारमा सकारात्मक प्रभाव परेको हो ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१९ कम्पनीको १ करोड ३३ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा समृद्धि फाइनान्स, पिपुल्स हाइड्रो कम्पनी,सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र साहस उर्जा कम्पनीको १२ करोड रुपैयाँदेखि २४ करोड ७१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन चारवटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्कि लागेको छ । सर्किट लाग्ने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक,सानिमा जिआइसी इन्स्योरेन्स, कुथेली बुखरी स्मेल हाइड्रो पावर कर्पोरेट डेभलपमेन्ट बैंककोे शेयर मूल्यमा १० प्रतिशतले सर्किट लागेको हो । समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.१८ प्रतिशतले बढेको छ । उच्च अंकले बढेको बजारमा निफ्राको ऋणपत्र, सेन्ट्रल फाइनान्स, नबिल बैंकको ९ प्रतिशत डिबेन्चर, साग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य १.७८ प्रतिशतदेखि १.९५ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS