काठमाडाैं। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेर २ हजार ५८८.३५ विन्दुमा आइपुगेको छ । अघिल्लो साता तीन दिन भएको कारोबारमा लगातार बजार घटेपछि लगानीकर्ता निकै प्यानिक बन्न पुगेको थिए । तर, यो साताको सुरुवातमै बजारमा उत्साहित देखिएको छ । यसले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिन्छन् । धितोपत्र ऋणपत्र गरी कारोबारमा आएका तीन सय २५ कम्पनीको १ करोड २४ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कराोबार हुने कम्पनीमा सिइडीबी हाइड्रो पावर कम्पनी, एनएल जी इन्स्योरेन्स कम्पनी, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र एनआएरएन इन्फाष्ट्रचर एण्ड डेलभपमेन्ट लिमिटेड रहेको छ । कम्पनीको १० करोड २० लाख रुपैयाँदेखि २७ करोड ८० लाखरुपैयाँसम्मको कारोबार भएको छ ।
तीन कम्पनीको शेयर मूल्यमा सर्किट
यो दिन तीनवटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । इष्ट्रन हाइड्रो पावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, अपर स्याङ्गे हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको हो । सयपत्रि हाइड्रो पावर, त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको शेयर मूल्य करिब ७ प्रतिशतले बढेको छ । पछिल्लो समय नेप्से सूचक निरन्तर घटिरहेको छ । बजारमा भइरहेको प्रभाव विस्तारै सेलाउँदै गएको छ । कतिपय लगानीकर्ताहरुले दशैको लागि खर्चका् जोहो पनि गर्ने गरेको देखिन्छ ।
कारोबारमा आउने १३वटा उपसमूहको सूचक घटेका छन् भने ८ कम्पनीको शेयर मूल्य बढेको छ । सर्वाधिक बढ्ने कम्पनीमा वाण्ज्यि बैंक रहेको छ । बैंक समूहकाे १ प्रतिशतले बढेकोछ । यो दिन सर्वाधिक घट्ने कम्पनीमा रावा इनर्जी कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था,एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य ८.६५ प्रतिशतदेखि ६.६४ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS