काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडद्वारा सञ्चालित १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
आयोजनाको हेडवक्र्स क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण संरचनामा क्षति पुगेपछि उत्पादन रोकिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार साउन ५ गते राति करिब ११ बजे आएको बाढी र पहिरोले आयोजनाको हेडवक्र्स क्षेत्रमा क्षति पुर्याएको हो।
क्षतिको यकिन विवरण संकलनका लागि थप अध्ययन भइरहेको कम्पनीले जनाएको छ।
प्राकृतिक विपद्का कारण आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको र क्षतिको मूल्याङ्कनपछि थप जानकारी सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ।