काठमाडौं । स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा जारी गरेको ‘नाडा अफर’ आज २०८३ भदौ १४ गते आइतबार सकिँदैछ ।
कम्पनीले स्काईवेलका बीई११ मोडलका ईभीमा नाडा अफर अन्तर्गत ५ लाखसम्म छुट दिएको छ । यो अफर अटो शोको अन्तिम दिन अर्थात् आज आइतबारसम्म बुकिङ गर्नेले प्राप्त गर्नेछन् ।
नाडा अटो शो अवधिभरीका लागि कम्पनीले ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकेको छ ।
अटो शो सकिएपछि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।
जारी अटो शोमा स्काईवेलको मूल्यले धेरैको ध्यान खिचेको छ । लक्जरी ईभी एसयूभी निकै कम मूल्यमा सार्वजनिक भएको भन्दै यसको बुकिङ पनि उल्लेख्य मात्रामा आएको छ । कुल बुकिङ कति भयो भन्ने बारे कम्पनीले आइतबार साँझ सम्ममा जानकारी गराउनेछ ।

साथै, अब केही दिनमै कम्पनीले टेस्ट ड्राइभ सुरु गराउँदैछ । अटो शो सकिएपछि एलआरआर मोटर्सले गाडीको टेस्ट ड्राइभ सुरु गरिने जनाएको छ ।