काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
यसदिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेको छ। नेप्से बढ्दा कारोबार रकम पनि बिहीबारको तुलनामा वृद्धि भएको छ।
अघिल्लो दिन बिहीबार नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ पुगेको थियो। सो दिन ३ अर्ब ८९ करोड मूल्य बराबरको कारोबार भएको थियो। कारोबारमा आएकामध्ये २०३ वटा स्टक्सको मूल्य बढ्दा ५७ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो कम्पनीको सेयर १४ दशमलव ८१ प्रतिशतले बढ्यो।