काठमाडौं। समिट वुमन अफ द इयर २०२३ को उपाधि अभानी नेपालकी सह-संस्थापक आरुश्री शर्माले जितेकी छन्।
ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा समिट वुमन अफ द इयर सञ्चालन गरिएको थियो।
शर्माले पुरस्कार स्वरुप एक लाख रुपैयाँ नगद प्रदान गरिएको छ।
वैद्य अर्गनाइजेसन इनोभेसन प्राइज २०२३ बाट निकिता जलान सम्मानित भएकी छन्। उनलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिएको छ।
वुमन समिट अफ द इयर तेस्रो बर्ष पनि आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विजेतालाई पुरस्कार वितरण गरेका थिए।

सात प्रदेशबाट ८० भन्दा बढी आवेदनका आधारमा पुरस्कृतहरु छनोट गरिएको थियो।

छनोट समितिमा भोइथ ग्रुपकी प्रबन्ध निर्देशक रितुसिंह वैद्य, क्युएफएक्स सिनेमाका सहसंस्थापक नकिम उद्दिन, एफविनकी अध्यक्ष निरु रायमाझी, नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र लोटस होल्डिङ्सकी अध्यक्ष सुलोचना श्रेष्ठ शाह थिए।