काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
जस अनुसार आर्थिक वर्ष २०८३०८४ का लागि मोटा धानको प्रतिक्विन्टल ३६६० र मध्यम धानको प्रतिक्विन्टल ३८६० न्यूनतम समर्थन मूल्य तोकिएको छ ।
उनका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो ।
सरकारले नेपाल र चीन जोड्ने ‘चिलिमे–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र तयार गरेको छ ।

उक्त पत्रलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस निर्णयले दुई देशबीचको विद्युत व्यापार र प्रसारण लाइन विस्तारको बाटो थप सहज बनाउने अपेक्षा गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुस्–
