काठमाडौं । सीजी मोटर्सले काठमाडौँको थापाथलीमा आयोनको नयाँ फ्ल्यागसिप शोरूम सञ्चालनमा आएको छ।
शोरुममा उद्घाटन सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र जीएसी इन्टरनेसनल र जीएसी आयोनका प्रतिनिधि रेमन वङले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
चौधरीले जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपको घरदेखि उद्योगलगायत धेरै वस्तु जलेको तर यीमध्ये थापाथलीको शोरुम जल्दा आफ्नो सबैभन्दा धेरै चित्त दुखेको बताए। ‘यो हामीले नेपालको आइकोनिक शोरुमका रूपमा बनाएका थियौँ।
यो शोरुम जल्दा मेरो मन एकदमै दुखेको थियो। हामीसँग बन्द गर्ने कि अर्को कुनै सानो शोरुम खोलेर अघि बढ्ने वा यही शोरुमलाई कसरी ठूलो नयाँ, अझ हाइटेक बनाउने भन्ने विकल्प थियो,’ चौधरीले थपे, ‘आज त्यही शोरुमको उद्दघाटन भएको छ। आज म धेरै खुसी छ। ठूलो, उत्कृष्ट, बलियो शोरुम सञ्चालन गर्न सक्षम भएका छौँ।’
सीजी मोटर्सले यो केवल एउटा शोरुम उद्घाटन मात्र नभई नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम मोबिलिटीको नयाँ यात्राको सुरुवात भएको जनाएको छ।
आयोन फ्ल्यागसिप शोरुममार्फत कम्पनीले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको ईभी बजारमा अझ सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको छ।

उनले भने, ‘ग्राहकलाई अत्याधुनिक विद्युतीय सवारी, प्रिमियम ब्रान्ड अनुभव, उत्कृष्ट बिक्रीपछिको सेवा तथा सशक्त चार्जिङ सपोर्ट प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।’

यो उद्घाटन नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम विद्युतीय मोबिलिटी प्रवद्र्धन गर्ने कम्पनीको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ।

चीन मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रियता हासिल गरिसकेका आयोगनका का एसयूभी मोडलहरू नेपाली बजारमा उपलब्ध छन्। आधुनिक डिजाइन, सुरक्षा, नवीन प्रविधि तथा आरामदायी सुविधासहित ग्राहकहरूको रोजाइमा परिरहेको कम्पनीले जनाएको छ।
आयोन भी एक प्रिमियम तथा शक्तिशाली इलेक्ट्रिक एसयूभी भएको र लामो दूरीको ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीको भनाइ छ। यसमा ७५.३ केडब्लूएच ब्याट्री जडान गरिएको छ, जसले लक्जरी भेरियन्टमा ६५० किलोमिटर ९एनईडीसी० सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्दछ।
साथै, यसमा १०० केडब्ल्यू मोटर, २४० एनएम अधिकतम टर्क तथा १८५ एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ, जसले शहरी तथा लामो दूरीको यात्राका लागि उपयुक्त बनाउने कम्पनीको भनाइ छ।
त्यसैगरी, आयोन वाई र आयोन भी दुवैले जीएसी मोटरको उन्नत ईभी प्रविधि, लामो ड्राइभिङ रेन्ज, आरामदायी डिजाइन तथा सुरक्षाप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछन्। ‘आयोन वाईलाई पारिवारिक प्रयोगका लागि उपयुक्त, स्टाइलिस तथा सहज ईभी का रूपमा प्रस्तुत गरिएको छ भने आयोन भी लाई प्रिमियम, शक्तिशाली तथा लामो दूरीका लागि उपयुक्त इलेक्ट्रिक क्ग्ख् को रूपमा बजारमा ल्याइएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा एल्लेख छ।
हाल सीजी ले नेपालभर २६० भन्दा बढी स्थानहरूमा चार्जिङ सेवा उपलब्ध गराउँदै आएको छ भने आगामी दिनहरूमा थप स्थानहरूमा चार्जिङ नेटवर्क विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ। आयोन वाई तथा आयोन भी सम्बन्धी विस्तृत जानकारी तथा टेस्ट ड्राइभका लागि ग्राहकहरूलाई थापाथलीस्थित नयाँ फ्ल्यागसिप शोरुम भ्रमण गर्न आग्रह गरिएको छ।