काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले दसैँ लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ ।
टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्नेछन् ।
होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टिभी, माइक्रो वेभ छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ ।
यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, ब्याङ्कक, मलेसिया, दुबई वा युरोप रहेका छन् । यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न सक्ने छन् ।
यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS