काठमाडौं । प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको बारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले हिजो शनिबार नै संसद् सचिवालयलाई पत्र लेखेर सांसद राई पक्राउ परेको जानकारी गराएको हो ।
फरार जीबी राई अध्यक्ष रहेको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन र सङ्गठित अपराधको मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सांसद राईलाई शनिबार पक्राउ गरेको थियो ।
राई स्वर्णलक्ष्मी सहकारीमा राई २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन् ।
पक्राउ परेकी सांसद राईलाई थप अनुसन्धानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS