काठमाडौं । भक्तपुरको पेप्सीकोलास्थित दिवेश्वरी टाउन प्लानिङ्गमा आधुनिक लाउन्ज सञ्चालनमा आउने भएको छ । चैत ३१ गतेदेखि सञ्चालनमा आउने लाउन्जमा लाइभ कन्सर्ट, रेष्टुरेन्ट, बार र क्लबमा हुने डान्सिङ फ्लोरसमेतको सुविधा छ । पाँच हजार जनासम्म एकैसाथ सहभागी हुन सक्ने क्षमता भएको लाउन्ज नयाँ वर्षको सुरुआतसँगै सञ्चालनमा ल्याउन लागिएको हो ।
२०८१ साललाई बिदाइ गर्दै नयाँ वर्षको आवसरमा गायक राजु लामासहितको टिम मंगोलियन हार्टले लाइभ कन्सर्ट गर्दै छ । साथै, १ गतेदेखि विभिन्न ब्याण्डहरूको लाइभ प्रोग्राम हुने जनाइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्ने गरी लाउन्ज सञ्चालनमा ल्याइएको जनाइएको छ । आधुनिक डिजाइनमा निर्माण भएको लाउन्जमा पर्याप्त पार्किङ, रेष्टुरेन्ट, बार र डान्सिङहलको सुविधा उपलब्ध छ । लाउन्जमा एकैसाथ ६५० जना बस्न मिल्ने र बढीमा पाँच हजार जना डान्सिङ फ्लोर, लाइभ कन्सर्ट र अन्य कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ ।
FACEBOOK COMMENTS