काठमाडौँ । मोरङ–५ मा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
मण्डलले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याए । एमाले–जसपा गठबन्धनका उम्मेदवार यादवले भने १७ हजार ३९० मत मात्रै ल्याए ।