काठमाडौं । इरानले आफूविरुद्ध फेरि हमला भए युरेनियमलाई ९० प्रतिशतसम्म समृद्ध बनाउने चेतावनी दिएको छ । इरानी संसदको आयोगका प्रवक्ता इब्राहिम रेजाईले यस्तो विकल्पबारे संसदमा समीक्षा हुने बताएका हुन् ।
इरानले अमेरिका र इजरायललाई लक्षित गर्दै पुन: आक्रमण भए कडा कदम चाल्ने संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
९० प्रतिशतसम्मको युरेनियम संवर्धनलाई हतियारस्तरको मानिन्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानले यसअघि नै ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिसकेको छ, जुन आणविक हतियार निर्माणको तह नजिक मानिन्छ ।
एजेन्सीको पछिल्लो प्रतिवेदनअनुसार पछिल्ला वर्षहरूमा इरानले ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादनलाई तीव्र बनाएको छ ।