 
			                  			              
काठमाडौँ । आज विश्व सहरीकरण दिवस विश्वभर अनेक कार्यक्रम गरी मनाइँदैछ ।
अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२५ को विश्व सहरीकरण दिवस १२औ संस्करण हो ।
अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ ।
यस बर्षको विश्व सहरीकरण दिवसको नारा जनता केन्द्रित स्मार्ट सिटीहरुु भन्ने रहेको छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।
अन्तर्राष्ट्रिय समुदायको हितलाई बढवा दिन विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरू सम्बोधन गर्न, गाउँ र सहरहरूबिचको सहयोग बढाउन र सहरी विकासका लागि योगदान पुर्याउन विश्व सहरीकरण दिवस मनाइन्छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS