काठमाडौं । नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्देश्यसहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको औपचारिक सुरूवात भएको छ ।
हिजो बुधबार काठमाडौंको नक्सालमा एक्स कस्मोपोलिटिएनको आटलेट शुभारम्भ गरिएको हो ।
दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन काटेर कम्पनीको उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
आउटलेटको उद्घाटन गर्दै अल अलीले नयाँ र अपरिहार्य सेवाको नेपालमा सुरूवात भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
यस्तै, महिला उद्ममी महासंघकी अध्यक्ष ज्ञवालीले नेपाल प्राकृतिक रुपमा सम्पन्न भएको अवस्थामा त्यस्ता स्रोत र साधनको प्रयोगबाट एक्स कस्मोपोलिटिएनले गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
प्राकृतिक रुपमा नै मानिसको आयु १२० वर्ष भएता पनि मानिसको चेतनाको कमीले औसत आयु घट्दै गइरहेको हालको अवस्थालाई मध्यनजर गरेर एक्स कस्मोपोलिटिएनले समुद्री सतहदेखि तीन हजार मिटरदेखि ६ हजार ५०० मिटरको उचाइमा पाइने विभिन्न हिमालयन जडीबुटिको प्रयोग गरी मानिसलाई स्वयम् आत्मनिर्भर भई १२० वर्षभन्दा दामो दीर्घ जीवन सम्भव छ भन्ने मान्यतालाई संसारभरी चेतना फैलाउने उद्देश्य रहेको एक्स कस्मोपोलिटिएनले जनाएको छ ।
एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरु उपलब्ध गरिएको छ । वेलकेयरअन्र्तगत आजको अग्रगामी प्रविधि र प्रकृतिलाई संयुक्त रुपमा परिचालन गरी मानिसहरुको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई अनन्तता दिने कार्य गरिन्छ ।
सुभनियर बुटिकअन्तर्गत नेपालको समुन्द्री सतहदेखि ६ हजार ५०० मिटरसम्मको हिमाली उचाइमा पाइने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर महलगायत विभिन्न पहाडी ईलाकामा पाइने जडिबुटीबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिक रुपमा विशेष प्रयोग हुने साम्रागीहरु बिक्रीको लागी राखिने छ । विशेषत: नेपालीलगायत नेपालमा घुम्न आउने पर्यटकहरुलाई नै लक्षित गरेर शोभनियर बुीटकको स्थापना गरिएको एक्स कस्मोपोलिटिएनकी संस्थापक सरिता अधिकारीले बताइन् ।
‘कम्पनीले प्राकृतिक रुपमा उपलब्ध भएको वस्तुहरुलाई जस्ताको तेस्तै बजारमा ल्याउँदै छ । यो संसारभरिका सम्पुर्ण मानिसहरुको लागी फलदायक छ । कम्पनीले उत्पादन गर्ने सामाग्रीहरुमा केमिकलको प्रयोग हुनेछैन,’ अधिकारीले भनिन् । नेपाली मौलिक स्वादलाई प्राथमिकतामा राखी सबै उमेर समूहका मानिसहरुले प्रयोग गर्न उपयुक्त हुने सामग्रीहरुको उत्पादन तथा बिक्री वितरण कम्पनीले गर्नेछ ।
विभिन्न जडिबुटीका साथसाथै नेपालमै उत्पादित पश्मिनालाई पनि अन्तर्राष्ट्रिय तथा रिटेल स्टोरहरुमा बिक्री गर्ने कम्पनीको लक्ष्य छ ।
FACEBOOK COMMENTS