काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार १ गते अस्वभाविक चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै सार्वजनिक गरेको ५१ कम्पनीप्रति स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इप्पानले सरकार, अर्थ मन्त्रालयले धितोपत्र बोर्डको यो कदमको बारेमा गम्भीर अध्ययन गरेर बोर्डका कर्मचारीहरुबाट मिलेमतोमा भएको रहेछ भने दोषीलाई कारवाही गर्न समेत जोडदार माग गरेको छ ।
धितोपत्र बजारमा अहिलेसम्म ४० वटा जलविद्युत कम्पनीहरु सुचिकृत भएको र पछिल्लो समयमा धितोपत्र बजारमा सुचिकृत हुनचाहने कम्पनीको संख्या बढ्दै गएको छ । तर धितोपत्र बोर्ड आफैले सेयर निश्काशनको अनुमती दिएर सूचिकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरीकन मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर दोश्रो बजारमा कारोबार भइरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लागानीलाई धितोपत्र बोर्डले जोखिमयुक्त लगानी भनेकोमा इप्पानले दुःखव्यक्त गरेको छ ।
जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रि«य प्रसारण प्रणालीमा जोडेर विद्युत बेच्न शुरुभएपछि कम्पनीको आम्दानी विस्तारै बढेर प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धिहुने अवगत समेत गराएको छ ।
इप्पानका अनुसार धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको यो प्रकृतिलाई ख्यालै नगरी बैंक तथा वित्तिय संस्था वा अन्य व्यपारिक कम्पनीको जस्तै स्थापना हुनासाथ व्यापार शुरु गरेर तत्कालै नाफा कमाउने ठानेर अहिले गरेको मूल्याड्ढन अन्याय पूर्ण रहेको ठहर छ । धितोपत्र बजार आफैमा संवेदनशिल क्षेत्र भएको भन्दै स्वतन्त्र बाजरमा मूल्य माग र आपूर्तीका आधारमा तय हुने भएपनि धितोपत्र बजारमा सानो सूचनाको भरमा, नियामक निकाय, राजनीतिक तथा आर्थिक क्षेत्रका व्यक्तीहरुको वोली र व्यवहारले समेत असर गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैले दोस्रो बजारमाहुने शेयर कारोबारमा कम्पनी आफैले आफ्नो कम्पनीको शेयर खरिद विक्री गरेजस्तै गरेर धितोपत्र बोर्डले कम्पनीहरुको नामावली प्रकाशन गरेर मिडियावाजी गर्नु शोभनीय नदेखिएको उल्लेख गरेको छ ।

कसैले शेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय धितोपत्र बोर्डले गोप्य रुपमा छानविन गरेर गलतगर्ने व्यक्ती वा संस्थालाई कारवाही गर्नुपर्ने स्मरण गराएको छ । यदि जलविद्युत क्षेत्रमा गलत भएको भएमा स्वतन्त्रउर्जा उत्पादहरुको संस्था, नेपाल हरकदम बोर्डलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।

बोर्ड आफैले कम्पनीको शेयर मुल्यमा चलखेल भएको भनेर कम्पनीको नाम निकालेर मिडियावजी गर्नु आफैमा लज्जास्पद छरहेको र यसले धितोपत्र बोर्डले प्रदर्शन गरेको यस्तो अपरिपक्क व्यवहारले नीतिगत रुपमा नियन्त्रणको लागि स्थापना भएको धितोपत्र बोर्डको असक्षमतामात्र प्रदर्शन गरेको छैन, कतै बोर्ड भित्रकै व्यक्तीहरुबाट बजारमाचलखेल भैरहेको त छैन भन्ने गम्भिर आशंका पैदा भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा तुनात्मक रुपमा राम्रो लाभ रहेको, खोलामा बगिरहेको पानी कच्चपदार्थको रुपमा उपयोग हुने, व्यापार घाटा सन्तुलनको लागि भूुमिका खेलिरहेको, निर्यात योग्य, लाखौ रोजगारी श्रृजनागर्ने, ग्रामीण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने जलविद्युत कम्पनीको लगानीमा जनताको विश्वास पैदा गरेर जलविद्युत् विकासमार्फत आर्थिक संमृद्धि र रोजगारी श्रृजनागर्ने वातावरण तयार गनुपर्नेमा जलविद्युत् कम्पनीको लगानीमा जोखिम भन्दै विज्ञप्ती निकालेर धितोपत्र बोर्डले कस्को पक्षपोषण गर्न खोजेको हो, स्पष्ट पार्न जरुरी रहेको उल्लेख गरेको छ ।