काठमाण्डौँ — अमेरिका र चीनले एक अर्कामा सवारीसाधन, कारखानाका उपकरण तथा अन्य सामग्रीमा बिहीबारदेखि अर्बौं डलरको करवृद्धिको घोषणा गरेका छन् ।
दुई महिनाको बीचमा दुवै देशका उच्च अधिकारीको दोस्रो बैठक २५ प्रतिशत कर वृद्धि गरेको हो ।
सवारी साधन र धातुजन्य वस्तुसमेतमा दुवै मुलुकले १६ अर्ब डलर बराबर जरिवाना लगाएको छ ।
गत महिना पनि दुवै मुलुकले एकअर्काका ३४ अर्ब डलरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको थियो ।
यो घोषणासँगै दुवै मुलुकले अब ५० अर्ब डलर बराबरका सामानमा करवृद्धि हुनेछ ।
अमेरिकाले राज्यको अग्रसरतामा प्रविधि विकासका कार्य रोक्न बेइजिङमाथि दबाब दिइरहेको छ तर, चीनले त्यसलाई अस्वीकार गरिरहेको छ ।
—नयाँ पत्रिका
FACEBOOK COMMENTS