काठमाडौं, पुस २० – निवर्तमान उर्जामन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाईसंसद विघटन गर्ने अधिकार नभएको बताउनुभएको छ ।
नेकपा प्रवास कमिटीद्वारा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले संविधानमा प्रष्ट भाषामा लेखिएको विषयलाई सर्वोच्चल सजिलै बुझेर फैसला गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने कुरा संविधानमा नै प्रष्टसँग लेखिएकाे बताउनुभयाे । ‘संविधानको धारा ७६ को १ देखि ७ सम्म सरकार निर्माणबारेका व्यवस्था छन् । ४ विकल्पमध्ये कुनै पनि विकल्पबाट सरकार बनेन् भने ६ महिनाभित्र मध्यावधी चुनावमा जाने संवैधानिक व्यवस्था छ तर उहाँले कुनै पनि विकल्प अपनाउनु भएन ।’
पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव कुरमा नेपालबीच प्रधानमन्त्री ओलीले धोका दिएको बेला मात्र नभएर लामो सम्बन्ध र सहकार्य रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड र माधवकुमार नेपालकाबीचकाे सहकार्य अहिले पार्टीलाई प्रधानमन्त्रीले धोका दिएको बेला मात्र हैन लामो समयसम्म रहने छ ।’
FACEBOOK COMMENTS