काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेकंं) प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवम् परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यले दुई दशकअघि स्थापना भएको उक्त उपक्षेत्रीय सङ्गठनको यसै आगामी भदौको दोस्रो साता राजधानीमा हुन लागेको चौंथो शिखर सम्मेलनको सिलसिलामा बिहीवार काठमाडौंमा भएको परामर्श बैठकमा अध्यक्षको हैसियतमा नेपालले त्यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
नेपालका विद्वत् वर्गको साझा संस्था इन्स्टिच्युट फर स्ट्राटिजिक सोसियो इकनमिक रिसर्च (आइएससआर) त्यस्तै प्रकृतिको भारतीय प्रतिष्ठान रिसर्चएण्ड इन्फर्मेशन (आरआईएस) र पेभिलियन ग्रुपले संयुक्तरुपमा गरेको ‘प्रि बिम्स्टेक समिट कन्सल्टेटिभ मिटिङ’को उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सबै सदस्य मुलुक एकजुट भई सुमधुर भविष्यका निम्ति अग्रसर हुनुपर्ने बताए ।
उनले क्षेत्रीय शान्ति र समृद्धिका लागि क्षेत्रीय सहयोगको विकल्प नरहेको उल्लेख गर्दै बिम्स्टेक देशका जनताको जीवनस्तर उकास्ने उनीहरुको सुरक्षा तथा मर्यादित जीवनयापनमा सघाउँदै क्षेत्रीय तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहयोग प्रवद्र्धन बिम्स्टेको अर्को महत्वपूर्ण विशेषता भएको बताए ।
FACEBOOK COMMENTS