काठमाण्डौ – सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४÷७५ मा ३३ करोड ३० लाख बढी खूद नाफा आर्जन गरेको छ ।
अघिल्लो वर्ष यो कम्पनीको नाफा २७ करोड ६२ लाख थियो । यसरी कम्पनीले खूद नाफामा गत वर्षको तुलनामा २०.५९ प्रतिशतको फड्को मारेको छ ।
कम्पनीले खूद बिमा शुल्क आर्जनमा पनि राम्रो प्रगति गरेको छ ।
अघिल्लो वर्ष ६३ करोड ८१ लाख खूद बिमा शुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा त्यो बढेर ८८ करोड ४९ लाखको उचाईमा पुर्याएको छ ।
कम्पनीको कुल बिमा शुल्क आर्जन भने १ अर्ब ८३ करोड माथि पुगेको छ । अघिल्लो वर्ष यस्तो शुल्क आर्जन १ अर्बमा सीमित थियो ।
सगरमाथा इन्स्योरेन्सले यो अवधिमा ४४ करोड ७३ लाख बढीको दाबी भुक्तानी गरेको छ ।
FACEBOOK COMMENTS