काठमाडौं – आउदो ३ वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दुई अंक नजिक पुग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष ०७७÷०७८ मा आर्थिक वृद्धि ९.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०७६÷०७७ मा ९.१ प्रतिशत हुने अनुमान गरिएको योजना आयोगका सचिव लक्ष्मण अर्यालले बताए ।
संघीय संसदको अर्थ समितिको आइतबारको बैठकमा उनले चालु आर्थिक वर्षमा ७.९ प्रतिशत आर्थिक वृद्धि हुने जानकारी दिए । सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
३ वर्षमा कृषि क्षेत्रको ६.६ र गैरकृषिको १०.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको उनले जानकारी दिए । सो अवधिमा गैरकृषि मध्ये उद्योगको १४.९ र सेवा क्षेत्र ९.४ प्रतिशतले विस्तार हुने उनको भनाई छ ।
यस्तै मुद्रास्फिती दर ६.५ प्रतिशत हुने अनुमान सरकारको छ । गरिवीको रेखामुनी रहेको जनसंख्या १३ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यो वर्ष १७ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ ।
FACEBOOK COMMENTS