काठमाडौं, जेठ १२ – कोरोना भाइरस संक्रमण भई उपचाररत वरिष्ठ फिजिसियन डा मुहम्मद शमिम अख्तरको निधन भएको छ।
उनको विरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा जेठ १२ गते निधन भएकाे बताइएकाे छ। डा अख्तर लामो समय गौर जिल्ला अस्पताल र नेशनल मेडिकल कलेजमा सेवारत थिए।