काठमाडौं, ०५ कार्तिक – चन्द्र ढकाललाई कोराना पुष्टी भएसंगै सेलाएको महासंघको राजनीति उनी संक्रमणमुक्त भएसँगै फेरि एकाएक तातिएको छ । महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्ष रामचन्द्र साङघाईले बुधबार उम्मेदवारी दर्ता गराएसँगै माहौल तातिएको हो ।यता किशोर प्रधानको प्यानलले भने आफ्नो प्यानलको उम्मेदवारी दर्ता गर्न सकेन ।
यसको मुल जड महासंघका वरिस्ठ उपाध्यक्ष एवम भावी अध्यक्ष शेखर गोल्छा रहेको बुझिएको छ । उनले पुर्व घोसित योजना विपरित उम्मेदवारहरु हेरफेर गर्ने रणनिती बुने पछि घटनाले अलग दिशा लिएको हो । योसँगसंगै प्रधान उर्फ गोल्छा समुहमा भुईचालो गएको छ । विगतका प्रतिबद्धता विपरित कार्य हुन थाले पस्चात सो समुहका प्यानल सदस्यमा उत्साह हराएको बुझिएको छ । लामो समय चुनाव सर्दै आएपनि प्रधान प्यानल मजबुत बन्नुको सट्टा झन झन कमजोर बन्दै गएको आँकलन गरिएको छ । प्रधानको प्यानल भावी अध्यक्ष शेखर गोल्छाको कठपुतली बने पछि महासंघका सदस्यहरु प्रधान र गोल्छा दुवैसँग रुस्ट बन्दै गएका छन् ।
उम्मेदवारी दिने तर आफ्नो निर्णय लिन नसक्ने कारण प्रधानले विश्वास गुमाएका छन् भने स्वत: अध्यक्ष बन्ने व्यक्ती तटस्थ बस्नु पर्ने नैतिक धरातल बिर्सिएर चरम राजनिती गर्दै कुनै एक समुह मात्रको नेता बन्न खोजेको आरोप गोल्छा माथि छ । जसका कारण प्रधान र गोल्छा समुहको साँख निकै कमजोर बनेको जानकारहरुले बताएका छन् ।
महासंघका एक जिल्ला सदस्यले नाम उल्लेख नगर्ने शर्तमा कर्पोरेट खबरसँग कुरा गर्दै भने ‘अध्यक्ष बन्न चलखेल र एउटा अध्यक्ष रहुन्जेल गुटबन्दी भई राख्यो भनेर बरिष्ठ उपाध्यक्षलाई सोझै अध्यक्ष बनाईएको हो, तर शेखरले भावना विपरीत काम गरीरहेका छन्, यसैले गर्दा पनि यसपालि चन्द्र ढकाल समुहले सजिलै जित्छ, साझा उम्मेदवार त्यही समुहका बन्छन्’ ।
आउँदो मंसीर १२ र१३ गते भर्चुअल मार्फत आफ्नो ५४ औ साधारण सभा र ३ वटा केन्द्र बनाएर चुनाव गर्ने तयारीमा महासंघ छ ।
