काठमाण्डौँ — ज्योति विकास बैंक लि.ले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरे ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।