काठमाडौं, जेठ २ – नबिल बैंकले आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइटमार्फत ‘नबिल आई–कार्ड’को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । यस नया“ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकहरूले आफै बैंकको वेबसाइटमा ‘नबिल आई–कार्ड’ सेक्सनमा गइ ‘एप्लाई नाउ’ विकल्प छानी निवेदन दिन सक्ने छन् ।
वेबसाइटमार्फत ‘नबिल आई–कार्ड’का लागि निवेदन दिएर आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड सङ्कलन गर्न सकिने बैंकले जानकारी दिएको छ । यो कार्डसम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध रहेको पनि बैंकले बताएको छ । त्यसका अलावा बैंकले उक्त समस्याको समाधानका लागि बैंकको ग्राहक सेवा केन्द्र (०१–५९७००१५) खुला राखिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको समयमा आफ्ना ग्राहकको हित तथा आवश्यकतालाई दृष्टिगत गर्दै सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नया“ सुबिधा ल्याएको बैंकका प्रमुख कर्पोरेट कम्युनिकेशन युनिटका कृष्ण प्रसाद सुवेदीले जानकारी दिएका छन् ।