काठमाडौं,माघ २३ -सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति तथा संस्थालाई दिने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) बाट विभिन्न व्यसायीहरुलाई सम्मानगर्ने भएको छ । सरकारले आजसिआइपीबाट सम्मानगर्ने व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ ।
आज प्रकाशित सूचीमा विभिन्न उद्योगी तथा व्यवसायिक व्यक्तित्वहरु समावेश छन् । जसमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोर र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष चन्द्र ढकाल सहित २५ जना व्यवसायीको नाम समावेश छ ।
छनौट भएका व्यक्तित्वहरुलाई यही माघ २८ मा राष्ट्रिय सभामा कार्यक्रम गरि सम्मान गर्ने कार्यक्रम रहेको व्यापार तथा निकासी प्रर्वद्र्धन केन्द्रले जनाएको छ ।
सीआईपी सम्मान पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल समेत रहेका छन् । उन बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी बिदेशी मुद्रा भित्र्याउने व्यवसायी भएकाले सम्मान पाउन लागेका हुन् ।त्यसै गरी भवानी राणा, राजेशकाजी श्रेष्ठ र शतिष मोर निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रर्वद्धनात्मक कार्य गरि आर्थिक विकासमा योगदान पुर्याएका व्यक्तित्वका रुपमा छनौट भएका हुन् ।
निकासी प्रर्वद्र्धन केन्द्रका अनुसार त्रिवेणी स्पिनिङ मिल, उनी गलैचा तर्फ सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट इण्डष्ट्री, तयारी पोशाक तर्फ काठमाडौं फेसशन प्रालि, उनी तथा पश्मिना सलतर्फ एभरेष्ट पसम्ना निटिङ एण्ड वेभिङ र उनी फेल्टका उत्पादन तर्फ कल्पना क्राफ्ट सम्मानित हुने भएको छ ।
FACEBOOK COMMENTS