काठमाडौं, भदौ २२ – जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको बैठकले आजदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ। कोरोना संक्रमण फैलिन नदिन विगत ३ सातादेखि लगाइएको निषेधाज्ञा आजदेखि हट्ने भएको हो।
जीवन निर्वाह तथा सामाजिक आर्थिक अवस्थालाई सन्तुलित बनाई सुरक्षा मापदण्ड पालना गराएर निशेधाज्ञा हटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।
निषेधाज्ञा खुल्ला गरे पनि होटेल तथा मदिरा पसलहरु र हाट बजार तथा मेला आयोजनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ।उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ।
संघ संस्था, कार्यालय, वित्तीय संस्थाहरु पालिकागत हिसाबले पालो मिलाएर संचालनमा ल्याउन सूचनामा भनिएको छ।