काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से २७.६ अंकले ओरालो लागेको छ । साताभर भएको चार कारोबार दिनमध्ये तीन दिन बजार घट्दा एक दिन मात्रै सामान्य अंकको सुधार देखिएको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २६४८.८९ विन्दुमा पुगेर बजार बन्द भएको थियो । यस साता चार कारोबार दिनमा कुल १६ अर्ब ६५ करोड १२ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको थियो । उक्त दिन नेप्से १२.१९ अंकले घटेर २६३६.१० विन्दुमा पुगेको थियो ।
मंगलबार ३५३ कम्पनीका १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर ४८ हजार ७८८ पटक किनबेच हुँदा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँको कारोबार भएको थियो । उक्त दिन म्युचुअल फण्ड समूह ०.०२ अंकले बढ्दा अन्य सबै उपसूचकमा गिरावट आएको थियो ।
दोस्रो कारोबार दिन बुधबार पनि बजारको गिरावटले निरन्तरता पायो । बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा सीमित भयो । उक्त दिन ३४७ कम्पनीका १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर ४१ हजार ६२७ पटक किनबेच हुँदा ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

लगातार दुई दिन घटेको बजारमा बिहीबार भने सामान्य अंकको सुधार देखियो । उक्त दिन नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा उक्लिएको थियो । बिहीबार ३४७ कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर ४० हजार ८३७ पटक किनबेच हुँदा कारोबार रकम भने घटेर ३ अर्ब ८७ करोड ७६ लाख २५ हजार रुपैयाँमा खुम्चियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार बजार पुनः ओरालो लाग्यो । शुक्रबार नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा बन्द भएको छ । उक्त दिन ३५२ कम्पनीका १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर ३९ हजार ९६६ पटक किनबेच हुँदा ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।
