काठमाडौं । एमएडब्लू वृद्धिले २०२६ दिपल एस ०५ प्लसको बिक्री सुरू गरेको छ ।
कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयूभीका रुपमा निर्मित नयाँ एस ०५ प्लस उन्नत प्रविधि, सम्मानित डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित रहेको कम्पनीले जनाएको छ ।
नयाँ एस ०५ प्लसमा रियर ह्विल ड्राइभ रहेको छ, जसले यसलाई सेग्मेन्टमै सबैभन्दा धेरै पफर्मेन्स दिने ईभी बनाएको छ । यसमा ९९ किलोवाटको मोटर छ, जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ र ४०५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।
साथै यसले १५१.५ किलोवाट डीसी फास्ट चार्जिङसम्म सपोर्ट गर्छ, जसले १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज दिन्छ । यो सेग्मेन्टकै सबैभन्दा छिटो चार्ज सपोर्ट गर्ने गाडी रहेको कम्पनीले जनाएको छ । साथै यसले ६ किलोवाटको भेहिकल टु लोड (भीटुएल)सपोर्ट गर्छ जसका माध्यमबाट गाडीबाटै वाह्य उपकरणलाई विद्युत् आपूर्ति प्रदान गर्छ।
‘विश्वको प्रतिष्ठित आईएफ डिजाइन अवार्ड २०२५ को विजेता एस ०५ प्लसमा रहेको लाइन र सिग्नेचर फ्रेमलेस डोर तथा फ्लस ह्यान्डलले यसको रोड प्रेजेन्सलाई बेजोड बनाइदिन्छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘साथै १५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलरको एम्बायन्ट लाइटिङले यसको इन्टेरियरलाई प्रिमियम बनाउँछ ।’

यसमा १५९ लिटरको फ्रंक र सेग्मेन्टमै पहिलो पटक प्रयोग गरिएको ‘रिमोट इन एन्ड आउट सिस्टम’ रहेको छ, जसले स्मार्ट पार्किङ सम्भव बनाएको छ । साथै यसमा ४ जी र ५ जी कनेक्टिभिटी रहेको छ, जसले चालकलाई हर समय इन्टरनेटसँग जोडिरहेको हुन्छ ।

२०२६ दिपल एस ०५ प्लसले विश्वविख्यात ५ स्टार युरो एनक्याप रेटिङ पाएको छ । यो रेटिङ सुरक्षा विशिष्टता मात्र नभई ज्ञारेन्टी नै रहेको कम्पनीको दाबी छ ।

‘आफ्नो कारबाट पर्फर्मेन्स, डिजाइन, टेक्नालोजी र सेफ्टी सबै खोज्ने ग्राहकका लागि २०२६ दिपल एस ०५ प्लस बनेको हो’ कम्पनीले विज्ञप्तिमा भनेको छ । नेपाली बजारमा यो एसयूभीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ ।