काठमाडौं । जटिल अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई उकास्न र अटोमोबाइल व्यवसायीहरूलाई राहत प्रदान गर्ने उद्देश्यअनुरुप तीन दिनदेखि ‘टाटा.ईभी नाडा अटो शो, २०२४’ भृकुटीमण्डपमा चलिरहेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको यो महत्वपूर्ण प्रदर्शनी आगामी १६ गते आइतबारसम्म चल्ने छ ।
शोमा खासगरी नयाँ–नयाँ इलेक्ट्रिक भेहिकल (ईभी) ब्राण्डको वर्चस्व छ । ईभीकै प्यासेञ्जर र कमर्सियल भेहिकलले सम्पूर्ण स्टलहरू भरिभराउ छन् । त्यसमध्ये कमर्सियल भेहिकलका स्टलहरूमा मानिसहरूको त्यति उपस्थिति देखिएको छैन । तर, प्यासेञ्जर सेगमेन्टका ईभी ब्राण्डहरूमा अवलोकनकर्ताहरूको राम्रो भीड लागेको छ ।
विशेषगरी, पञ्च.ईभी, बीवाईडी, नेटा, किया, अवतार, दीपल, ओमोडा, नामी, सेट्रोन, एमजी, जी–सिक्सलगायतका स्टलहरूमा दर्शकहरूको उपस्थिति राम्रो देखिएको छ । यसैगरी ईभी मोडलहरू नभएको हुण्डाई र सुजुकीका स्टलमा पनि दर्शकहरूको राम्रो उपस्थिति देखिएको छ ।
टू–ह्वीलरका १९ वटा, फोर ह्वीलरका २४ वटा र १२ वटा हल्का व्यावसायिक सवारी साधनहरूको स्टल यो प्रदर्शनीमा छन् । यस्तै, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका ३३ वटा स्टल यो शोमा रहेका छन् भने सातवटा बैंक तथा वित्तीय संस्थाको पनि स्टल छ ।
समग्रमा भन्दा यो पटकको टाटा.ईभी नाडा अटो शो, २०२४ मा कुल ९५ प्रदर्शकले १३० वटा स्टलमार्फत आफ्ना उत्पादन, वस्तु तथा सेवाहरूको प्रदर्शनी गरिरहेका छन् । यो शो ले आर्थिक समस्याकाबीच गुज्रिरहेका अटोमोबाइल व्यवसायी र समग्रह अर्थतन्त्रलाई नै ‘सञ्जीवनी’ प्राप्त हुने आयोजकको भनाइ छ ।
हेर्नुहोस् प्रदर्शनीमा राखिएका विभिन्न ब्राण्ड र मोडलका गाडीहरू–
प्यासेञ्जर भेहिकल
कमर्सियल भेहिकल
FACEBOOK COMMENTS