पोखरा कार्तिक १५, पाेखरा महानगरपालिकाकाे कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँद फेरबदल हुने गरेकाे भन्दै वडाध्यक्षहरुले आपत्ति जनाउनु भएकाे छ ।
नेपाली काँग्रेस पार्टीबाट महानगरपालिकामा निर्वाचित ११ जना वडाध्यक्षहरुले कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक हुँदा फेरबदल हुने गरेको प्रति आपत्ती जनाउनु भएको हाे ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाउनु भएको हो ।
विज्ञप्तिमा कार्यपालिकाको ५२ औं बैठकमा आफूहरु उपस्थित भएपनि हस्ताक्षर नगरेको स्पष्ट पारिएको छ । सो बैठकसँगै यस अघिका बैठकमा भएका निर्णयहरु पनि फेरबदल भएर आएको भन्दै आपत्ति जनाइएको छ । विज्ञप्तिमा बैंठकबाट निर्णय भई बनेका समितिहरुमा पनि आफूहरुको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।
FACEBOOK COMMENTS