काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट सञ्चालक बनेका अन्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको पहिलो बैठकमा सहभागी भएका छन् । वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिएपछि महासंघका उपाध्यक्ष श्रेष्ठ बोर्डको सञ्चालक बनेका थिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिए पछि बोर्डको सञ्चालकबाट राजीनामा थिएका थिए । ढकालले बोर्डको सञ्चालकबाट राजिनामा दिए पछि महासंघको तर्फबाट उपाध्यक्ष श्रेष्ठलाई बोर्डको सञ्चालकमा पठाउने निर्णय भएको थियो । श्रेष्ठले बोर्डमा करिब डेढ वर्ष काम गर्ने छन् । श्रेष्ठ उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् ।
FACEBOOK COMMENTS