बलात्कार गरेको आरोपमा प्रहरीले नेपाली सेनाका एकजना हवल्दारलाई काठमाडौंबाट पक्राउ गरेको छ । कञ्चनपुर घर भएका गोविन्द सिंह विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो ।
कार्तिक ३० मा विष्टले कोटेश्वरस्थित एक लजमा राखेर १३ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए । रामेछाप घर भएकी ती बालिकालाई उनले लगनखेलबाट फकाएर कोटेश्वर ल्याएका थिए ।
बुधवार पक्राउ गरेर सैनिक हवल्दारलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । किशोरीले उनीविरुद्ध बलात्कारको उजुर गरेकी छिन् ।
FACEBOOK COMMENTS