काठमाडौं। हिन्दु राष्ट्रको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नेतृत्वमा तीन जना मुस्लिम समुदायका सदस्य विजयी भएका छन् ।
राप्रपाको मुस्लिम खुल्लाबाट मदिना खातुन १ हजार ७५४ मतसहित केन्द्रीय सदस्यमा विजेता बनेकी हुन् भने दोस्रो नम्बरको मत पाएका ताहिर अलीले १ हजार ५४० मत पाउन सफल भएकी छन् ।
आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार १ हजार २३२ मतसहित अन्जरा आलमले जित हासिल गर्दा अन्य ४ जना मुस्लिम उम्मेदवार भने पराजित हुन परेको छ ।
जसअनुसार इर्साद आलम मिया (११९३) सलाउदिन जसगढ (१०५६), हसबुल मिया (६९९), कनिज फातमा रंगरेज (४५४) र शेख मतिउर रहमान (३९९) मतमा सिमित हुनु परेको थियो ।
FACEBOOK COMMENTS