काठमाण्डौँ — महालक्ष्मी विकास बैंकको नयाँ बजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।
“सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो ।
उक्त कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनासलु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता,सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारण माँझ बैकिङ्ग कारोबार सम्बन्धी जानकारीव्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS