काठमाण्डौँ — माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एव सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे ।
बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो ।
उक्त कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् ।
साथै,सोही परिसरमादर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ ।
यसका साथै, पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरिए.टि.एम. समेत जडान गरि सञ्चालनमा ल्याई सकेको बैंकले जानकारी दिएको छ ।
बैंकले ९४ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
साथै, बैंकको देशभर ११६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
FACEBOOK COMMENTS