काठमाण्डौं– सिभिल ग्रुप स्थापनाको १८ वर्षको सम्म एक हजार भन्दा वढी ग्रहाक बनाएको छ ।
सिभिल होम्सले एक हजार एक ग्रहाक बनाएकोमा केक काटेर खुसि मनाएको छ ।
सिभिल होम्स् हाउजिङ्ग क्षेत्रको पायोनर कम्पनी हो । २०५७ सालमा भैसिपाटीबाट शुरु गरेको अहिले गोदावरीमा नवौं फेजमा घर बनाई विक्री गर्दै आएको छ ।
सिभिल होम्स्ले १ हजार १ घर निमार्ण गरि घर खरिदकर्तालाई हस्तान्तरण गरेको जनाएको छ ।
सिभिल होम्स्का अध्यक्ष इच्छा राज तामाङले नेपालमा एक लाख भन्दा बढी ग्रहाक बनाउने बताएका छन् र
पाँच खालमा पाईलट प्रोजेक्ट निमार्ण गर्न लागेको भन्दै सिभिल ग्रुप स्मार्ट सिटी निमार्ण गर्न पनि सक्षम भएको उनले दाबी गरेका छन् ।
सिभिल होम्स्मा बस्ने ग्रहाक सन्तुष्ट भएको भन्दै राम्रो समाज निमार्ण गरेको उनले बताएका छन् ।
सिभिल ग्रुपले स्थापनाको १८ वर्षमा सिभिल सेभिङग, सिभिल होम्स्, सिभिल बैंक, सिभिल स्टेट्स, सिभिल आर.एम.सी. लगाएतका डेढ दर्जन भन्दा वढी संस्था आवद्ध छन् ।
FACEBOOK COMMENTS