काठमाडौं – भुमि ब्यवस्था तथा शहकारी मन्त्री पद्यमा अर्यालले मलपोत तथा नापी कार्यलयलाई डेढ वर्ष भित्र विश्वकै टप १० सहज कार्यलयको रूपमा व्यवस्थीत गर्न लागेको बताएकी छन् ।
हाल नेपालको मालपोत तथा नापी कार्यलय ८० औं स्थानमा पर्ने उल्लेख गर्दै मन्त्री अर्यालले १० स्थानमा झार्ने बताएकी हुन् ।
नमुना बनाउने भनिएको कलंकी मालपोत कार्यलयको अनुगमनमा आएकी मन्त्री अर्यालले देश भरका कार्यलयलाई प्रविधि युक्त बनाइ सहज सेवा दिने दावी गरेकी हुन् ।
मालपोत तथा नापी कार्यलयमा अनियमितता बढी हुने भएकाले डिजिटललाईजेसन पश्चात् ७० प्रतिशत भष्टचार कम हुने मन्त्रीको दाबी छ ।
मालपोत तथा नापी कार्यलयमा एकद्वार प्रणाली विकास गरी सेवाग्रहिलाई ३० मिनेट भित्र सबै काम सकिने व्यवस्था गर्न लागेको जनाएको छ ।
सरकारी कार्यलय मध्ये सबै भन्दा धेरे भष्टचार हुने कार्यलयमा चिनिएका मालपोत तथा नापी कार्यलय चिनिदै आएका छन् ।
मन्त्रीले सेवाग्राहीलाई सहज सेवा दिने उद्देश्यले आगमी असार मसान्त भित्र उपत्यकाका सबै कार्यलय प्रविधीयुक्त बनाउने दावी गरेकी छन् ।
विगतमा सेवा ग्राहीलाई कुन काम कुन कोठामा जाने भन्ने अन्यौल हुने गरेको , काम समयमै नहुँदा भिडभाड एकदम हुने गरेको, सेवाग्राही भन्दा विचौलियको विगविग धेरै हुने गरेको बन्द कोठाको कारण अनियमित हुने गरेको गुनासाहरु आउने गरेका थिए ।
मन्त्री आर्यलले अबको कार्यलय सहज र व्यवस्थीत बनाउने रणनितिका साथ आफु लागेको बताएकी छन् ।
अब मालपोत कार्यलय एउटा सहायता कक्ष हुने जसबाट सेवाग्राहीले जानकारी पाउने छन् ।
मुख्य कार्यकक्षहरुमा ओपन अफिस सिस्टम अबलम्बन गरिने छ । यसबाट कार्यसम्पादन पारदर्शी हुने छ । अनियमितता कम हुने दाबी गरिएको छ ।
कार्यकक्षहरुमा सिसिटिभी जडान गरी विभाग तथा मन्त्रालयबाट सिधै अनुगमन गरिने जसले गर्दा अनियमितता, ढिलासुस्ती तथा गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुग्ने छ ।
कार्यलयलाई पुर्णरुपमा क्यासलेस बनाइने र हरेक कारोबार बैंकिङ प्रणलिबाटै गरिने बताएकि छन् ।
मालपोत कार्यलयका महत्वपूर्ण अभिलेखहरु स्क्यान गरी डिजिटल सिस्टममा राख्ने योजना भएको मन्त्री अर्यालले बताएकी छन् ।
FACEBOOK COMMENTS