काठमाण्डौँ — लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय (डोरमेन्ट) हुने भएको छ।
नियमनकारी निकाय राष्ट्र बैंंकले लगातार ६ महिनासम्म कारोबार नगर्ने ग्राहकको कल र चल्ती खाता निष्क्रिय गर्न वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई निर्देशन दिएको छ।
बचत खाताको हकमा भने तीन वर्षसम्म कारोबार नगरे निष्क्रिय हुनेछ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उसको एकीकृत निर्देशिका २०७५ का केही प्रावधान संशोधन गर्दै यस्तो निर्देशन दिएको हो।
— नागरीक
FACEBOOK COMMENTS