काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्यालाई कम गरेर आधाभन्दा कम गरिने बताएकी बताएकी छन् ।
६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजीत कार्यक्रममा मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन् ।
मन्त्री अर्यालले भनिन्, ‘सहकारीको संख्या अहिले अत्यधिक छ । यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौं । अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडी बढेको छ ।’
मन्त्री अर्यालले सहकारी बढी भन्दा बढी गाउँ केन्द्रित हुनुपर्ने बताइन् । सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने उनले बताएकी हुन् ।
मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै मन्त्री अर्यालले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने जानकारी दिइन् ।
व्यवसायीक सहकारीलाई मन्त्रालयले प्रोत्साहन स्वरुप अनुदान दिने व्यवस्था गरेको भन्दै मन्त्री अर्यालले सहकारीमार्फत जनताको जीवनस्तर सुधार्नका निम्ति आग्रह गरिन् ।
FACEBOOK COMMENTS