काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको महाराजगञ्ज तथा नक्साल भाटभटेनी क्षेत्रमा क्यूआरकोड वितरण गरेको छ। बैंकले आज नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यल क्यूआर कोड वितरण गरेको विज्ञप्ति मार्फत जनाएको छ।
पसल पसलमा महालक्ष्मी विकास बैंक लि.को त्तच् कोड, नगद रहित बैकिङ कारोबारामा जोड नाराका साथ फलफुल पसल, कपडा पसल, खाजा घर, खुद«ा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका विभिन्न पसलहरुमा बृहत रुपमा क्यूआर कोड वितरण गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनिकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।’
बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको विज्ञप्तिमा उल्लेख गरेको छ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS