काठमाण्डौं– नेपाल कपडा तथा सिलाई व्यवसायीको छतासंगठन विभाजित भएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघका संस्थापक अध्यक्ष सिद्धि बिर बज्राचार्यले संघ विभाजित भएको बताएका छन् ।
बज्राचार्यले आफ्नो सम्पत्ति अरुले झुक्काएर लगेकाले आफुहरुले कानुनिरुपमै आफ्नो सम्पत्तिमाथी कब्जा जमाउने बताएका छन् ।
संघको १७ औं वार्षिक साधारण सभा बाट संघको मौजुदा विधानलाई संसोधन गरि संघको अस्तित्व र आबद्ध सम्पूर्ण सदस्यहरु यथावत रहने गरि संघलाई महासंघमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।
तर अध्यक्ष रामकृष्ण श्रेष्ठले साधरणसभाको निर्णय विपरित २०५५मा स्थापित संघको अस्तित्वनै मेटिनेगरी जिल्ला प्रशासन कार्यलयमा महासंघ दर्ता गराएको संस्थापक अध्यक्ष बजा्रचार्यले बताए ।
संस्थापक अध्यक्ष सिद्धि बिर बजा्रचार्यले भने ‘साधरण सभाको निर्णय विपरित विधान संसोधन समितिले राजी खुसि छुट्टै कानुनी अस्तित्व बोकेको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ जिप्रकामा दता गराए ।’
२०७५ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको महासंघ नेपाल कपडा तथा सिलाई व्यवसायी संघको रुपान्तरित महासंघ नभएको संस्थापक अध्यक्ष सिद्धि बिर बज्राचार्यले प्रेस विज्ञप्ती जारी गदै भनेका छन् ।
जारी प्रेस विज्ञप्तीमा भनिएको छ ‘ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ २०५५ रुपान्तरित नभएको अवस्थामा यो संघको कानुनी अस्तित्व कायमै रहेको हुनाले नेपाल कपडा तथा सिलाई व्यवसायी संघ २०५५ र नेपाल कपडा तथा सिलाई महासंघ छुट्टा छुट्टै कानुनी मान्यता बोकेको संस्था रहेको जानकारी गराईन्छ’
नेपाल कपडा तथा सिलाई व्यवसायी संघलाई रुपान्तरण गर्ने नाममा तत्कालिन कार्यसमितिले सयुक्त भेलनको नाममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ २०५५को अधिवेशननै नबोलाई सम्पूर्ण तत्कालिन कार्यसिमितिलाई महासंघको कार्यसमितिमा समावेश गरि नेपाल कपडा तथा सिलाई व्यवसायी संघ २०५५ लाई सुन्यता र अनिर्णयको बन्दि बनाउँदै संस्थालाई निस्क्रिय बनाउन खोजेकोले संघका संस्थापन पक्ष, पुर्व अध्यक्षहरु तथा सदस्यहरु द्वारा तत्कालिन कार्यसमितिको क्रियाकलाप प्रति आपत्ति जनाउँदै संघलाई तिन महिना भित्र जिवन्त बनाईने प्रेस विज्ञप्तीमा उल्लेख छ ।
संघलाई सक्रिय बनाउनको लागि संस्थापक अध्यक्ष सिद्धिबीर बज्राचार्यको संयोजकत्वमा २५ सदस्यीय नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पुनर्जागरण समन्वय समिति २०७५ गठन गरिएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS