काठमाडौं – नेपाल वायुसेवा निगमले केही समयअगाडि भित्र्याएको वाइडबडी विमानले बुधबार देखि कतारको दोहाबाट व्यावसाियक उडान सुरु गर्दैछ ।
निगमको पहिलो वाइडबडी विमान ‘९–एन–एएलवाई’ बुधबार राति ९ः२५ बजे कतारको दोहाका लागि प्रस्थान गर्न लागेको हो ।
“पहिलो वाइडबडी विमानमार्फत् पहिलो उडान कतारको दोहाबाट सुरु गर्दैछौं,” निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताएका छन् ।
नियमित उडानको सेड्युलमा राखिए पनि यात्रुको चापका आधारमा उडानको सेड्युलमा राखिने प्रवक्ता श्रेष्ठले बताए ।
२७४ सिट रहेको विमानमा १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट छन् ।
FACEBOOK COMMENTS