काठमाडौं, भदौ ९ । नेपाल बंगलादेश बैंकले ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै सबै ठाउँमा वित्तिय पहुँच पुर्याउने उद्दयले एकै पटक नयाँ ६ वटा शाखा विस्तार गरेको छ ।
बैंकले ललितपुर जिल्लाको सानेपा, काठमाण्डौ जिल्लाको टोखा र तिलगङ्गा , भक्तपुर जिल्लाको च्यामासिङ, दाङ जिल्लाको तुल्सीपुर र सिन्धुपाल्चोक जिल्लाको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन भई औपचारिक कारोबार शुरूवात गरेको छ ।
बैंकका थप नयाँ शाखासहित कुल ९४ वटा शाखा संख्या, ७ वटा एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS