काठमाडौं – कम्पनी ऐन संशोधन भएपछि ७२ कम्पनी खारेजीमा गएका छन् ।
कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् ।
खारेजीमा जाने कम्पनीका सञ्चालकहरुले चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क बुझाएर बन्द गर्न बाटो खुल्ने कम्पनी रजिष्टार कार्यालयले जनाएको छ ।
पुराना कम्पनी बन्द गर्न चाहनेहरुका लागि तयार पारेको आवेदन फारम, कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र र अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने राजिष्टार कार्यालयले जनाएको छ ।
कम्पनी ऐन संशोधन भएपछि चुक्तापुँजी ०.५ प्रतिशत शुल्क बुझाएपछि खारेजीमा जान सक्ने व्यवस्था गरिएको छ । अब सञ्चालन हुन नसकेको उद्योग स्वेच्छिक खारेजीमा जान सक्ने छन् ।
FACEBOOK COMMENTS