काठमाडौँ – भूकम्पले क्षतिग्रस्त भएको पालकै जेठो विद्यालय दरबार हाईस्कुलको पुर्ननिर्माणको काम सुरु गरिएको छ ।
चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको सो विद्यालयको शुक्रबार एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनीया राजदुत यु होङले संयुक्त रुपमा सिलन्यास गरेका हुन् ।
भूकम्पछिको भौतिक संरचना पुर्ननिर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुर्ननिर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको बाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार विद्यालयको पुनर्निर्माण कार्य चीन सरकारले गर्न लागेको हो ।
विद्यालय पुर्ननिर्माण कार्यको सिलन्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धारित डिजाईनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुनेमा आफु विश्वस्त रहेको बताए ।
मन्त्री पोखरेलले पुनर्निर्माणपछि दरबार हाईस्कुल पनि सम्पूर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास आफुले लिएको बताए ।
चीन सरकार आफैले छानेको निर्माण व्यवसायीद्वारा पुनर्निर्माण गर्न लागिएको यो विद्यालयको २० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS