काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
आज बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने छ ।
कम्पनीको उक्त लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।
FACEBOOK COMMENTS