काठमाडाैं । नेपालको इतिहासमै पहिलो पटक विद्युतीय सवारी साधनको प्रदर्शनि नाडा ईभी एक्सपो शुरु भएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बिहिबारबाट काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो शुरु गरेको हो ।
असौज ९ गतेसम्म चल्ने उक्त एक्सपोमा नाडाले ३ दिने ‘ईभी चौतरी’ समेतको आयोजना गर्ने जनाएको छ । विद्युतीय सवारी साधनकाे बारेमा विभिन्न काेणबाट विश्लेषाण र त्यसकाे जानकारि दिनकाे लागि ‘ईभी चौतरी’काे आयोजना गर्न लागेकाे नाडाले जनाएकाे छ ।
शुक्रबार, शनिबार र आइतबार गरि ३ सेसनमा ईभी चौतारी आयोजना हुने नाडा वातावरण समितिको सभापति कपिल शिवाकोटिले जानकारी दिएका छन् । सभापति शिवाकोटिका अनुसार पहिलो सेसन अर्थात शुक्रबार विद्युतीय सवारी साधनको प्राविधिक कुराहरु र सिस्टमको बारेमा छलफल हुनेछ भने दोस्रो सेसन अर्थात शनिबार विद्युतीय सवारी साधनसँग जोडिएको अर्थका कुराहरुमा छलफल हुनेछ । त्यसैगरी तेस्रो सेसन अर्थात आइतबार विद्युतीय सवारी साधन सम्बन्धी नीतिका बारेमा छलफल हुने शिवाकोटिले जानकारी दिएका छन् ।
उक्त तिनवटै सेसनमा सम्बन्धीत विज्ञ र सरकारवालहरुको सहभागि हुने जनाइएको छ ।
प्रविधि र ईको सिस्टमको विषयमा छलफल हुने शुक्रबारको गोष्ठीमा वन तथा वातावरण सचिव प्रेम नारायण कँडेल रहने छन भने यातायात व्यवस्था विभागका रामचन्द्र पौडेल, अनुसन्धान कर्ता शिर्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका सिईओ अभिशेक कार्की, सिप्रदिका दिनेश पौडेल र नेपाल विद्युत प्राधिकरणका सागर ज्ञवाली प्यानलिस्ट रहेका छन ।
उक्त गोष्ठीमा विशेषगरि विद्युतीय सवारी साधन सम्बन्धी विद्यमान प्रविधिहरु र प्रवृत्तिहरुको विश्लेषणमा केन्द्रित छलफलहरु हुनेछन् । जसमा आईसीई सवारीहरुलाई विद्यतीयमा रिट्रोफिट गर्ने र चार्जिङ्ग स्टेशनको स्टेशनको सम्भावनाहरु समावेश हुनेछन् । त्यसैगरी, नेपालमा विद्युतीय सवारी र यसको इकोसिस्टम सम्बन्धी अवस्थाको बारेमा छलफल हुनेछन् ।
त्यस्तै, शनिबारको गोष्ठीमा साझा यातायातका अध्यक्ष कनक मणि दिक्षित, नगर विकास कोषका कार्यकारि निर्देशक कृष्ण प्रसाद सापकोटा, ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटका
वरिष्ठ कार्यक्रम विशेषज्ञ अनन्त पाण्डे, एनएमबी बैंकका सीईओ सुनिल केसी र नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली रहने छन् ।
उक्त गोष्ठी नेपालमा विद्युतीय सवारीको व्यापार र वित्तिय पक्षहरुको बारेमा छलफल केन्द्रित रहने छ । यसका साथै विद्युतीय सार्वजनिक यातायत सञ्चालनमा हुने वित्तिय आवश्यकता र त्यसका बारेमा विश्लेषात्मक छलफल हुनेछ ।
त्यस्तै, आइतबार हुने अन्तिम गोष्ठीमा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्र, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ, भौतिक पुर्वधभार तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजन इन्जिनियर शंकर सिंह धामि, डा. अर्मित नकर्मि, नाडाकी कार्यकारी सदस्य यमुना श्रेष्ठ, अटो पत्रकार संघका महासचिव सागर गजुरेल र भुटान सरकारको सडक सुरक्षा र यातायात प्राधिकरणका प्रमुख कार्यक्रम अधिकृतको सहभागिता रहने छ ।
उक्त गोष्ठीमा नेपाल र विदेशमा रहेको विद्युतीय सवारीको नीति र त्यसको विश्लेषण हुनेछ । यसका साथै नेपालमा विद्युतीय सवारी साधनलाई प्रवद्धनका लागि गर्नुपर्ने नीतिगत सुधारको बारेमा छलफल हुनेछ ।
युएसएड क्लिन एयरको सहयोगमा भईरहेको ईभी चौतारीमा भुषण तुलाधर मोडरेट रहेका छन । उनी यूएसआइडी क्लिन एयरका पार्टी प्रमुख समेत हुन् ।
FACEBOOK COMMENTS