काठमाडौं । कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रबर्धन गर्ने उद्देश्यका साथ २०७९ साल भाद्र १९ – २४ सम्म के एस डीजीटल वीक संचालनमा ल्याएको थियो ।
उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफर मध्य, एफ वान सफ्ट सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो केएस आई मोवाइल एप मार्फत कुनैपनि तीन वटा फरक टा«न्जेशन गरेका दुई जनाले स्मार्ट फोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल हुनु भएको छ ।
उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालद्वारा लक्की ड्र गरी हेटौंडाका अजित बिडारी र वीरगंजका पर्फेक्ट सोल’शन सेन्टर लाई स्मार्टवाच को विजेता घोषणा गरिएको थियो । उक्त स्मार्टफोन बैंकले भाग्यशाली ग्राहकहरुलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।